शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरू गर्नुभएको छ ।

जेन–जी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्‍याएपछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरू गरिएको थियो । सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम सुरू गर्नुभएको हो । 

मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बन्नुभएको थियो । उहाँ असोज ७ गतेदेखि केशरमहलमै बस्दै आउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.