भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा आंशिक प्राध्यापकहरुको आन्दोलनले पठनपाठन ठप्प भएको छ ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुलाई शिक्षण सहायक बनाउने निर्णय भएको चार महिना हुँदासमेत त्रिवि व्यवस्थापनले चासो नदिएपछि भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु शिक्षण सहायक पदमा नियुक्तिको प्रक्रिया अगाडी बढाई नियुक्ति दिन दबाब दिन आन्दोलन गरेको आइतबार पाँचौ दिनमा पेन डाउन गरेसँगै पठनपाठन ठप्प भएको हो ।
बुधबारबाट आन्दोलमा उत्रिएका प्रध्यापकहरुले १ गते देखी ५ गते सम्म पठनपाठन ठप्प पेनडाउनसँगै अन्य आन्दोलन थपएिको संघर्ष समिति संयोजक शक्तिराज राईले बताउनुभयाे ।
विश्वविद्यालयले ‘घ’ वर्गअन्तर्गतका क्याम्पसहरुलाई कार्यविधि बनाई आंशिक व्यवस्थापनमा कार्यरत शिक्षक र कक्षाभार पुगेका कार्यरतलाई शिक्षण सहायक पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णयअनुसार भोजपुर क्याम्पसले समेत सम्पूर्ण प्रक्रिया पुर्याएर २०८१ चैत्र २७ र २८ गते विभिन्न विषयमा कार्यरत १७ जना आंशिक प्राध्यापकले कार्यविधि अनुसार सबै प्रक्रिया पुरा गरी प्राप्तांक समेत पाएको र सो निर्णय त्रिवि कार्यकारी परिषद्मा पठाइए पनि पठाएको निर्णय कार्यान्वय नभएपछि प्रध्यापकहरु आन्दोलनमा उत्रिनु परेको बताएका संयोजक राईको भनाइ छ ।
आफुहरुको माग नै निर्णय कार्यान्वयन भएकाले यो पुरा नहुदाँसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम जारी रहने आंशिक प्राध्यापकहरुको भनाइ रहेको छ ।