महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै विद्यालयका प्रधानाध्यापकहरूले सामुहिक रूपमा राजीनामा दिएका हुन् ।
आर्थिक वर्षको अन्तिम समय आईपुग्दामा पनि नगरपालिकाको कार्यालयले अतिआवश्यक रकमहरू निकासा नगर्दा विद्यालय सञ्चालनको लागि सकस भएपछि बाध्य भएपछि राजीनामा दिएको प्रधानाध्यापक गोपाल महतोले बताउनुभएको छ ।
दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शिर्षकको रकमसमेत अति न्युन निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापक महतोले जानकारी दिनुभएको छ ।