काठमाडौं । एसईईको नतिजा प्रकाशित भएको छ । एसईईको नतिजा के मा र कसरी हेर्ने भन्ने दुविधा तपाईंलाई छ भने तपाईले कान्तिपुर टेलिभिजन र इ-कान्तिपुरको वेबसाइटमार्फत सजिलै हेर्न सक्नुहुने छ । नतिजा कसरी हेर्ने त ? यसका लागि के गर्ने ? अब हामी तपाइलाई देखाउँदै छौं ।
सबैभन्दा पहिले आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा जानुहोस् र डब्लूडब्लूडब्लू डट कान्तिपुरटीभी डटकम वा डब्लूडब्लूडब्लू डट इ कान्तिपुर डटकम टाइप गर्नुहोस् ।
यसरी आउने रोड ब्लकलाई क्यान्सिल गर्नुहोस् । त्यसपछि स्क्रिनको दाहिनेपट्टिको माथिल्लो भागमा एसईई २०८१ रिजल्ट्स भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसपछि नयाँ पेज खुल्छ र तल स्क्रोल गर्दै जानुभयो भने ‘चेक रिजल्ट’ भन्ने अर्को अप्सन देख्नुहुनेछ ।
त्यहाँ क्लिक गर्नुभयो भने फेरि नयाँ पेज खुल्छ र तल स्क्रोल गर्दै जाँदा तपाईंले सिम्बोल नम्बर, नाम, मोबाइल नम्बर र जिल्ला भर्ने अप्सन पाउनुहुन्छ । त्यो सबै भरेर ‘सबमिट’ भन्ने निलो अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईंले आफ्नो एसईईको नतिजा हेर्न पाउनुहुन्छ ।
तपाईलाई अग्रिम बधाइ छ ।