काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा-एसईईको परीक्षाफल सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ६१ दशमलव आठ-एक प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । साथै ११ कक्षा पढ्न नपाउने ग्रेड ल्याएका अर्थात् नन ग्रेडेड परीक्षार्थीको संख्या ३८ दशमलव १९ प्रतिशतभन्दा बढी देखिएको छ ।
गत चैत २० देखि वैशाख १७ सम्म सञ्चालित एसईई परीक्षामा कुल ५ लाख १४ हजार सहभागी थिए । सहभागि मध्ये ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थी उत्तीर्ण भएका छन् । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५ सय ९७ छ । बोर्डकाअनुसार १ सय २६ जनाको परीक्षा रद्द भएको छ ।
विगतमा जस्तै यसपालि पनि गणितमा धेरै फेल भएका छन् । गणितमा १ लाख २८ हजार र अंग्रेजीमा ८० हजार ६ सय ४२ फेल भएका छन् । त्यसैगरी विज्ञानमा ७९ हजार फेल भएका छन् । सामाजिक अध्ययनमा ५६ हजार फेल भएका छन् ।
सबैभन्दा धेरैले २ दशलमव आठ देखि ३ दशमलव दुई जीपीए ल्याएर पास गरेका छन् । गत वर्ष ७८ हजार ८ सय ७४ जना यो ग्रेडमा पास भएका थिए ।