काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज (शुक्रबार) साँझ प्रकाशन गर्ने भएको छ ।
बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । त्यसका लागि अपराह्न साढे ५ बजे अर्को बैठक बस्ने छ । त्यसलगत्तै परीक्षाफल प्रकाशित गरिने छ ।
२०८१ को एसईईमा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
एसईईको नतिजा कान्तिपुर टेलिभिजनको वेबसाइटमार्फत् पनि हेर्न सकिने छ ।