निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने प्रस्ताव शिक्षा समितिबाट पारित

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने प्रस्ताव शिक्षा समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव पारित गरेको छ ।

बिहीबार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफा ४ पारित भएको घोषणा गर्नुभयो । 

समिति सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहन स्वरूप विभिन्न छुट र सुविधा दिने प्रस्ताव पेस गर्नुभएको थियो । समिति बैठकमा सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.