सुदूरपश्चिम । सुदूरपश्चिमलाई 'साक्षर सुदूरपश्चिम प्रदेश' घोषणा गरिएको छ। सामाजिक विकास मन्त्रालयले बिहीबार धनगढीमा आयोजना गरेको समारोहमा साक्षर प्रदेश घोषणा गरिएको हो ।
८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो ।
प्रतिवेदनमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भइसकेको तथ्यांक छ । घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोहीअनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमैसँग साक्षर घोषित भइसकेका छन्। सुदूरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ । यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषणा भइसकेका छन्।