परीक्षा नियन्त्रण कार्यालयले १० प्रकारका सेवा अनलाइनबाट दिने

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
परीक्षा नियन्त्रण कार्यालयले १० प्रकारका सेवा अनलाइनबाट दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १० प्रकारका सेवा अनलाइन माध्यमबाट दिन सुरू गरेको छ ।

२०७८ सालको मंसिरमै अनलाइन माध्यम प्रयोग गर्ने घोषणा गरेको भए पनि ४ वर्षपछि बल्ल विश्वविद्यालयले कार्यान्वयन गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले आज पत्रकार सम्मेलन गरी अब अनलाइनबाटै विद्यार्थीहरूको रजिस्ट्रेशन, परीक्षा फारम साथै ट्रान्सक्रिप्ट र प्रमाणपत्र लगायतका शैक्षिक कागजात सच्याउन र लिन सकिने जनाएको छ । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीकाअनुसार अब विद्यार्थीले शैक्षिक कागजात लिन परीक्षा नियन्त्रण कार्यालय बल्खु धाइरहनु पर्दैन । परीक्षा नियन्त्रण कार्यलयले बर्सेनि ६ लाखभन्दा बढी विद्यार्थीलाई सेवा दिँदै आएको छ । 

परीक्षा प्रणालीलाई व्यवस्थित गर्दै समयमै नतिजा प्रकाशन गर्ने लगायत सेवालाई छिटो छरिटो बनाउन अनलाइन प्रविधि कार्यान्वयन गरिएको परीक्षा नियन्त्रण जोशी बताउनुहुन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.