त्रिभुवन विश्वविद्यालयमा स्वार्थै-स्वार्थका ताल्चा

माग पूरा गराउन ढोका-ढोकामा ताला ठोक्दै विद्यार्थीदेखि प्राध्यापक
विश्वविद्यालय पदाधिकारी चेपुवामा
जेष्ठ ३०, २०८२ |नारायण किलम्बू
त्रिभुवन विश्वविद्यालयमा स्वार्थै-स्वार्थका ताल्चा

काठमाडौं । देशकै सबैभन्दा जेठो प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय पटक-पटक तालाबन्दीले आक्रान्त हुने गरेको छ । 

केही दिनअघि सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गरेको ताला नखुल्दै फेरि आज आंशिक प्राध्यापकहरूले अर्को तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत् विद्यावारिधि गरेका १ सय जनालाई उपप्राध्यापकमा नियुक्ति गर्न विज्ञापन खोलेपछि आक्रोसित आंशिक प्राध्यापकहरूले तालाबन्दी गरेका हुन् । 

त्रिविमा अहिले ४ हजारभन्दा धेरै पदमा दरबन्दी रिक्त छ । यी सबै दरबन्दीमा नियुक्ति खोल्न दबाब दिँदै आंशिक प्राध्यापकले विश्वविद्यालयका पदाधिकारी र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

उच्चशिक्षाको अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक थलो विश्वविद्यालयमा एकपछि अर्को तालाबन्दी भएपछि पदाधिकारीहरू कार्यालय आउन सकेका छैनन् । यसले पठनपाठन र शैक्षिक क्यालेन्डरसमेत प्रभावित भएको भएको छ । किन हुन्छ त्रिभुवन विश्वविद्यालयमा बारम्बार तोडफोड र तालाबन्दी ?


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।