९२ विधार्थीहरूले पाए स्टेशनरी र ब्याग

जेष्ठ ३०, २०८२ |पुजन धिताल
९२ विधार्थीहरूले पाए स्टेशनरी र ब्याग

काभ्रे । जिल्लाको धुलिखेल वडा नं. ८ को विनायक बाल विद्यालयका ९२ विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

एसिया चाईल्ड सपोर्ट(एसिएफ)को सहयोगमा विनायक आधारभुत विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरिएको वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो ।

विनायक बाल निम्न माध्यमिक विद्यालय विपन्न विद्यार्थीहरूका लागि स्टेशनरी तथा ब्याग वितरण गरिएको विद्यालयका प्रधानध्यापक नबराज तिमल्सिनाले जानकारी दिनुभयो । 

तिमल्सिनाकाअनुसार कक्षा ८ सम्म पढाई हुने विद्यालयमा रहेक सबै विधार्थीहरूलाई सहयोगी संस्थाले दिएको सामाग्री विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको रोहबरमा वितरण गरिएको हो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।