प्रश्नपत्र निर्माणमा एकरूपता नहुँदा विद्यार्थीको मूल्यांकनदेखि सिकाइसम्ममा प्रभाव

जेष्ठ २५, २०८२ |नारायण किलम्बू
प्रश्नपत्र निर्माणमा एकरूपता नहुँदा विद्यार्थीको मूल्यांकनदेखि सिकाइसम्ममा प्रभाव

काठमाडौं । सामुदायिक होस् वा निजी विद्यालयका शिक्षकहरू, पाठ्यक्रम अनुसारको प्रश्नपत्र कसरी गर्ने भन्ने अन्योलमा हुन्छन् । जसले विद्यार्थीको मूल्यांकन र गुणस्तरमा समेत प्रभाव पर्छ । 

प्रश्नपत्र निमार्णका क्रममा हुने अन्योल हटाउन र प्रश्नपत्रमा एकरूपता ल्याउन माध्यामिक तहका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणबारे प्रशिक्षण दिइएको छ ।

विद्यालयको प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रमको विषयगत विशिष्ट उद्देश्यअनुरूप ज्ञान, बोध र दक्षताका आधारमा निर्माण गर्नुपर्छ । तर अधिकांश शिक्षकहरूमा प्रश्नपत्र निर्माणमा आधारभूत ज्ञानकै अभाव छ । 

प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा एकरूपता नहुँदा विद्यार्थीको मूल्यांकनदेखि सिकाइसम्मै प्रभाव पर्ने गरेको छ । अझै धेरै शिक्षकलाई त के आधारमा प्रश्नपत्र निर्माण गर्ने भन्ने थाहै छैन ।

प्रश्नपत्र निर्माणमा देखिएको यही अन्योलको अवस्थालाई समाधान गर्न काठमाडौ उपत्यकाका २ सय ५० भन्दा बढी माध्यमिक तहका शिक्षकलाई प्रश्नपत्र निर्माणको प्रशिक्षण दिइएको छ । जसअनुसार अँग्रेजी, गणित, नेपाली, विज्ञान, सामाजिक र ऐच्छिक विषयका ६ वटासमेत गरी ११ वटा विषयको प्रस्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणसम्बन्धि ज्ञान दिइएको छ ।

परीक्षाको स्तरीयता, एकरूपताले विद्यार्थीको मूल्यांकनदेखि शिक्षण सिकाइमा सुधार आउने विज्ञहरू बताउँछन् । पाठ्यक्रमअनुरूप विषयगत प्रश्न बनाउँदा २५ प्रतिशत सजिलो, २५ प्रतिशत गाह्रो र ५० प्रतिशत मध्यम खालको बनाउनुपर्छ । अब यो प्रशिक्षणपछि प्रश्नपत्र निर्माण र मूल्यांकन प्रक्रियामा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।