दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति नियुक्तिका लागि तेस्रोपटक विज्ञपान

मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति नियुक्तिका लागि तेस्रोपटक विज्ञपान

काठमाडौं । शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुई पटक विज्ञापन गर्दासमेत कुनै पनि दरखास्त नपरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले फेरि अर्को विज्ञपान गरेको छ ।

मन्त्रालयले कार्तिक १६ र ३० गते उपकुलपति पदका लागि दरखास्त आह्वान गरेकोमा कुनै पनि निवेदन नपरेपछि फेरि अर्को सूचना निकालेको हो । मन्त्रालयले मंसिर २८ गतेसम्मको समयावधि दिएर तेस्रो पटक दरखास्त आह्वान गरेको हो ।

उपकुलपति हुन चिकित्सा शिक्षामा डीएम एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने, प्राध्यापक पदमा रही कम्तिमा दश वर्ष काम गरेको, ३५ वर्ष उमेर नाघेको- ६१ वर्ष ननाघेको लगायतका मापदण्ड तोकिएकै कारणले कुनै पनि निवेदन नपरेको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिका संयोजक प्राडा जयराज अवस्थीको भनाइ छ ।

संयोजक अवस्थीले मापदण्ड कडाइ भएकाले कानुन नै संशोधन गर्न सरकारलाई आग्रह गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.