काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई पाठ्यसामग्री छपाइ र पठनपाठन नगर्न सम्बन्धित निकायलाई सचेत गराएको छ । केही निजी पब्लिकेशनहरूले स्वीकृत नलिई पाठ्यसामग्री छापी बिक्री गर्नुका साथै निजी विद्यालयहरूले पनि पठनपाठन गराइरहेको गुनासो आएपछि पाठ्यक्रम विकास केन्द्रले सचेत गराएको हो ।
पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यसामग्री छपाइ र प्रयोग गर्न पाइँदैन । केन्द्रले केही निजी पब्लिकेशनका पाठ्यक्रम स्वीकृत हुन बाँकी रहेको पनि स्वीकार गरेको छ ।