२२ औं दिन पनि शिक्षकहरू सडकमै

वैशाख १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
२२ औं दिन पनि शिक्षकहरू सडकमै

काठमाडौं । शिक्षकहरूले आज २२ औं दिन पनि आन्दोलन जारी राखेका छन् । शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 

उनीहरूले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शिक्षक महासंघले बुझाएको २४ बुँदा सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन् । 

सरकारसँग भएको सहमति अनुसार शिक्षकको पेशागत हकहित सुनिश्चित हुने गरी शिक्षा ऐन ल्याउने ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने महासंघले जनाएको छ । शिक्षकका मागमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएको भन्दै आलोचना भइरहँदा शिक्षामन्त्री विद्या भट्टराईले भने राजीनामा दिइसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.