काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐन ल्यायौं भन्ने पार्नका लागि सडकमा नबस्न र सहमति गरेर फर्कन आन्दोलनरत शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।
प्रगतिशील प्राध्यापक संगठनको सम्मेलनलाई आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने बताउनुभयो । विद्यार्थीको परीक्षा प्रभावित नगर्न र अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन पनि उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने आफ्नो भनाइमा चित्त नदुखाउन पनि प्रधानमन्त्रीले शिक्षकहरुलाई आग्रह गर्नुभयो । प्रतिगामी तत्वहरु सल्बलाएका बेला शिक्षकहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो नभएको उहाँको भनाइ छ ।
देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरु २० दिनदेखि शैक्षिक हडताल नै गरेर शिक्षा ऐन जारी नभएसम्म फिर्ता नजाने अडानसहित आन्दोलनमा छन् ।