देशभरका सामुदायिक विद्यालय अस्तव्यस्त

वैशाख २, २०८२ |जिल्ला ब्युरो
देशभरका सामुदायिक विद्यालय अस्तव्यस्त

कैलाली । दुई सातादेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी छन् । आन्दोलनले विद्यालयहरु बन्द हुँदा शैक्षिक सत्र र भर्ना अभियान स्थगित भएको छ । नयाँ शैक्षिक सत्रमा अब्बल सामुदायिक विद्यालयमा संस्थागत विद्यालयबाट भर्ना हुनेको ठूलो लर्को थियो । माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने शिक्षकको अडान र सरकारले आन्दोलनलाई बेवास्ता गर्दा विद्यार्थी अन्यौलमा परेका छन् । विभिन्न जिल्लाबाट हाम्रा सहकर्मीहरूले पठाएको रिपोर्ट ।