संविधान विपरीत गएर शिक्षकका माग सम्बोधन नगर्न सरकारलाई पालिकाहरुको चेतावनी

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान विपरीत गएर शिक्षकका माग सम्बोधन नगर्न सरकारलाई पालिकाहरुको चेतावनी

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले शिक्षकका माग सम्बोधन गर्दा संविधान विपरीतको कार्य नगर्न चेतावनी दिएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई चेतावनी दिएका हुन् ।

विगतमा संविधानका व्यवस्थालाई बेवास्ता गरेर भएका कतिपय सम्झौता र समझदारी नै समस्याको कारक भएको निष्कर्ष निकाल्दै दुवै महासंघले संविधानले नै माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व रहेको विषय स्मरण गराएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.