बुटवल-नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डको यात्रा : ५ देखि १० घण्टा जाम, धुलोले हैरान (स्थलगत रिपोर्ट)

चैत्र २५, २०८१ |नवीन पौडेल
बुटवल-नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डको यात्रा : ५ देखि १० घण्टा जाम, धुलोले हैरान (स्थलगत रिपोर्ट)

नवलपरासी । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने खण्डको १४ किलोमिटर दूरी पार गर्न अहिले ५ देखि १० घण्टासम्म समय लाग्छ । स्तरोन्नतिको काम सुरु भएको ६ वर्षमा ६० प्रतिशत मात्र सम्पन्न हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको हो । एसियाली विकास बैंकको १७ अर्ब ऋण सहयोगमा ४० महिनामा सम्पन्न गर्नेगरी २०७५ साल चैतमा निर्माणको काम शुरु भए पनि तेस्रो पटक समय थप हुँदा २०८२ साउन ८ मा काम सम्पन्न गर्नुपर्नेछ । धमाधम निर्माणको काम भइरहेकाले त्यस सडक क्षेत्रमा सास्ती बेहोर्नु मात्र होइन धुलोले पुरिएर यात्रा गर्न विवश छन् यात्रु ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।