काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ख्वप विश्वविद्यालय र उच्च शिक्षासम्बन्धी विधेयक छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
दुई विधेयकका विषयमा लामो समयदेखि बहस र छलफल भए पनि सहमति हुन नसकेपछि समिति बैठकले सरकारलाई निर्देशन दिएको सचिव दशरथ धमलाले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका मातहत सञ्चालन हुने ख्वप विश्वविद्यालय स्थापना भए १५ लाख रुपैयाँमा एमबीबीएस अध्यापन गराउने प्रतिवद्धता नगरपालिकाले व्यक्त गर्दै आएको छ । यस्तै उच्च शिक्षा विधेयकको अभावमा विश्वविद्यालयहरु नियमन हुन सकेका छैनन् भने शिक्षामा एकरुपता हुन सकेको छैन ।
ख्वप विश्वविद्यालयसम्वन्धी विधेयक अहिले शिक्षा मन्त्रालयमै छलफलका क्रममा छ भने उच्चशिक्षा विधेयकको मस्यौदा कानून मन्त्रालय पुगेको छ ।