गोरखा । एसईईको परीक्षा केन्द्र रहेको गोरखाको रत्नराज्य माविमा १६ बहिरा परीक्षार्थी सहभागी भएका छन । उनीहरू मनकामना बहिरा माध्यमिक विद्यालय, गोरखाका विद्यार्थी हुन ।
यस्तै गोरखा जिल्लाबाट एसईई परीक्षामा साधारणतर्फ ३ हजार ४ सय ४१ जना, ग्रेडवृध्दी तर्फ ९ सय ४७ र प्रविधिकतर्फ ९९ जना विद्यार्थी सहभागी छन ।
यस्तै जिल्लामा १ सय ४० विद्यालयका लागि २३ परीक्षा केन्द्र रहेको छ ।
आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा एसईई सुरू भएको छ । यस वर्ष भने परीक्षामा पाँच लाख १४ हजार भन्दा अधिक विद्यार्थीहरू सहभागी भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।