काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा वाग्ले

चैत्र ४, २०८१ |पुजन धिताल
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा वाग्ले

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेले पाउनुभएको छ । प्रधानमन्त्री एवं केयूका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई आज उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

वाग्ले यसअघि काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा एसोसिएट डिन हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमए, बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको छ ।

उपकुलपतिमा नियुक्त हुनुअघि प्रा.डा. वाग्ले काठमाडौं विश्वविद्यालयकै रजिस्ट्रार हुनुहुन्थ्यो । गत माघ ६ गते उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल सकिएपछि उहाँ कामु उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement