काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४७ वटा आंगिक तथा २५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा मंगलबार एकसाथ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । २ वटा आंगिक तथा ८५ वटाभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु नेतृत्व निर्विरोध चयन भइसकेका छन् ।
२०१८ सालदेखि सुरु भएको स्ववियु निर्वाचन २०६५ सालसम्म नियमित भएको थियो । २०६५ देखि २०७३ सालसम्म स्ववियु निर्वाचन हुन सकेन । ७३ सालमा उपत्यकाका ९ वटा र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्रै भएको थियो । २०७९ मा ५० वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार यसपटक पनि काठमाडौंका ६ र बाहिरका ९ क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ । बाँकीमा भने निर्वाचनको तयारी छ । देशैभरका क्याम्पसहरूमा स्ववियु निर्वाचनको तयारी र अवस्थाबारे कान्तिपुर संवाददाताहरूले तयार पारेको सामग्री ।
विस्तृत भिडिओमा :