काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले एसईईलाई डर र त्रासको रूपमा नलिई आफूले सिकेका ज्ञान र सीपलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।यही चैत ७ देखि सुरु हुने एसईईमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिँदै मन्त्री भट्टराईले परीक्षा ज्ञान-सीप परीक्षण गर्ने सुनौलो अवसरका रूपमा रहेको समेत बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले श्रव्यदृश्यको माध्यमबाट परीक्षामा उत्तर लेख्ने तरिका समेत सिकाउन थालेको भन्दै मन्त्री भट्टराईले धैर्यपूर्वक परीक्षाको तयारी गरी सबै प्रश्न समाधान गरेर उन्नत नतिजा निकाल्न समेत आग्रह गर्नुभएको छ ।