काठमाडौै । चैत सात गतेदेखि सुरु हुने एसईईमा ५ लाख ८ हजार ३ सय ९० विद्यार्थी सहभागी हुनेछन् ।
यसवर्षको परीक्षामा नियमिततर्फ गतवर्षभन्दा ४० हजार विद्यार्थी कम छन् । सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाका लागि २ हजार ७९ परीक्षा केन्द्र कायम गरिएको परीक्षा नियन्त्रक नन्द पौडेलले जानकारी दिनुभयो । गतवर्ष एसइइमा सहभागी मध्ये ४८ प्रतिशत मात्रै उतीर्ण भएपछि सामुदायिक शिक्षामा सरकारको लगानीमाथि प्रश्न उठेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपाली कम्तिमा ७० प्रतिशत विद्यार्थी उतीर्ण गराउने प्रतिवद्दता जनाउनुभएको छ ।