नुवाकोट । नुवाकोटको शिलाकन्यादेवी नामक सामूदायिक विद्यालयका विद्यार्थी तथा बालबालिहरुलाई प्रवासी नेपालीद्वारा विद्यालय पोशाक सहयोग तथा वितरण गरेका छन् ।
नुवाकोको सुर्यगढी २ फटपुरस्थित शिलाकन्यादेवी माध्यमिक विद्यालयमा अध्ययनरत निम्नआर्थिक अवस्था भएका परिवारका १ सय ६१ जना बालबालिका तथा विद्यार्थीहरुलाई सी.एम.एस फाउण्डेशन-युके नामक एक संस्थाद्वारा विद्यालय पोशाक सहयोग तथा हस्ताण्तरण गरेका हुन् ।
करिव साँढेदुई दशकअघि साविक बागेश्वरी गाविसको फटपुरस्थित शिलाकन्याादेवी प्राथमिक विद्यालयबाट आधारभूत तहको प्रारम्भिक शिक्षा हासिल गरेका स्कुलका पुर्वविद्यार्थी र परिवारले आफ्नो गाउँठाउँ र विद्यालयको विगत सम्झिएर संस्थागत रुपमा स्कुले बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको बताए ।
साविक बागेश्वरी गाविसस्थित बागेश्वरी मा.वि. चोकदेबाट एसएलसी उत्तिर्णपश्चात् उच्चशिक्षा र उन्नत भविष्यको खोजीको क्रममा बेलायत पुगेका उनले सी.एम.एस फाउण्डेशन युके नामक संस्था दर्तागरी आफुले अध्ययन गरेका विद्यालयका बालबालिकालाई सहयोग गरेका हुन् ।
साथै उक्त संस्थाले विद्यालय र बालबालिकाको क्षेत्रमा भविष्यमा यस्ता सहयोग जारिरहने बताउँदै आगामी दिनहरुमा यस्ता सहयोग अन्य विद्यालयमा समेत गरिने संस्थाले जनाएको छ ।