काठमाडौं । नेपाल शिक्षक महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तत्काल विद्यालय शिक्षा ऐन ल्याउन ध्यानाकर्षण गराएको छ ।
स्थायी, राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, अस्थायी र करार, बाल विकास शिक्षकलगायत सबै खाले शिक्षक, कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल ल्याउन महासङ्घले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
विद्यालय शिक्षा ऐन संसदीय प्रकृयामा रहेकै बेला ऐनले संशोधन गर्नुपर्ने विषयमा आम शिक्षकको भावनाविपरीत निवृतिभरणसम्बन्धी अध्यादेश जारी गर्नुले, राज्य अनेक बहाना गरी भाग्ने प्रयत्न गरिरहेको पुष्टि हुने भन्दै महासङ्घले तत्काल ऐन ल्याउन माग गरेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले यस विषयमा आफू संवेदनशील भएको बताउनुभयो । उहाँले ध्यानाकर्षण पत्रका सबै विषय सङ्घीय सरकारलाई लेखिपठाउने प्रतिवद्धतासमेत जनाउनुभयो ।