भारत-पाकिस्तान तनाव : नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे जानकारी दिन सरकारसँग सांसदहरूको माग

वैशाख २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारत-पाकिस्तान तनाव : नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे जानकारी दिन सरकारसँग सांसदहरूको माग

काठमाडौं । सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी माग गरेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरूले छिमेकी दुई मुलुकबीचको तवावले नेपालमा पर्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी माग गरेका हुन् । 

उनीहरूले भारत र पाकिस्तानबीचको तनावले नेपालको आपूर्ति लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने बताए । त्यसका लागि सरकारले कुनै तयारी गरेको छ कि छैन भन्ने प्रश्न गर्दै संसद्लाई जानकारी दिन माग गरे ।

बैठकमा सांसदहरूले भारत र पाकिस्तानमा रहेका नेपालीको जोखिम बढेको भन्दै उनीहरूको सुरक्षामा चासो दिन सरकारको ध्यानाकर्षण गराए । यस्तै खुला सीमा लगायतका कारण नेपालको सुरक्षाको विषयमा हुन सक्ने जोखिमलाई पनि सरकारले ख्याल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

यसैगरी प्रतिनिधि सभामा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.