केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कन बाध्य भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन पाउने भएका छन् । त्रिवि शिक्षाध्यक्षको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन बाध्य नेपाली विद्यार्थी क्रेडिट ट्रान्सफर नीति अनुसार विश्वविद्यालयमा सञ्चालित कार्यक्रम वा विषयमा भर्ना हुन सक्ने जनाएको हो ।

शिक्षाध्यक्षको कार्यालयले इच्छुक विद्यार्थी एवं अभिभावकहरूलाई रेक्टर कार्यालयको इमेल ठेगाना [email protected] वा [email protected] मा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement