निजी विद्यालयका सञ्चालकहरू आन्दोलित भएपछि जनकपुरमा पठनपाठन प्रभावित

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी विद्यालयका सञ्चालकहरू आन्दोलित भएपछि जनकपुरमा पठनपाठन प्रभावित

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध निजी विद्यालयका सञ्चालकहरू विद्यालय बन्द गरेर आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको छ ।

हिसान, प्याब्सन र एन प्याव्सनले संयुक्तरूपमा जनकपुरधामका विद्यालय अनिश्चितकालीन बन्द गर्दै आन्दोलनमा उत्रिएपछि चार दिनदेखि पठनपाठन ठप्प छ ।

विद्यालय संगठनहरू जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच ११ र १२ कक्षाको छात्रवृत्तिबारे भएको सम्झौतामा सुधारको माग गर्दै पत्राचार गरेपनि बेवास्ता गरिएको भन्दै आन्दोलित भएका हुन् ।

छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन नपाइने व्यवस्था छ । तर, उपमहानगरपालिकाले २०८१ साल कात्तिक १४ मा फरक किसिमको निर्णय गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गरिए पनि कुनै पहल नभएको संगठनहरुले दाबी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement