विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न शिक्षकका पेसागत संघ संगठनहरुको आग्रह

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न शिक्षकका पेसागत संघ संगठनहरुको आग्रह

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका पेसागत संघ संगठनहरुले विद्यालय शिक्षा विधेयक संसद्‌बाट छिटो पारित गर्न आग्रह गरेका छन् ।

शिक्षक महासंघले आज काठमाडौंमा गरेको कार्यक्रममा सत्तापक्ष र विपक्ष दल निकटका शिक्षक नेताहरुले संसद्‍मा दर्ता भइ विषयगत समिति पुगेको एक वर्ष पुग्दासमेत विधेयक नटुङग्याइ अलमल्याउन खोजेको आरोप लगाए । शिक्षक-कर्माचारीको पेशागत माग सम्बोधन गरी संशोधनसहित शिक्षा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।

२०२८ सालको शिक्षा ऐनलाई विस्थापित गर्ने गरी ५२ वर्षपछि अघि बढाइएको विद्यालय शिक्षा ऐन विधेयक संसद्‍मा दर्ता भएको एक वर्ष बितिसक्दा पनि दफावार छलफल नै सुरु भएको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement