ब्रिटिस कलेजको १०औं ग्र्याजुएसन

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्रिटिस कलेजको १०औं ग्र्याजुएसन

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको 'द ब्रिटिस कलेज'को १०औं ग्र्याजुएस समारोह सम्पन्न भएको छ । काठमाडौंको हायत रिजेन्सी होटलमा विभिन्न अतिथि, विद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

ग्र्याजुएस समारोहमा कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी, द युनिभर्सिटी अफ द वेस्ट अफ इंल्यान्ड र किल युनिभर्सिटीका ३ सय २१ जना विद्यार्थी तथा ब्रिटिस मोडल कलेजमा ‘ए’ लेभल अध्ययन गरेका ४५ विद्यार्थी दिक्षित भए । दुई शत्रमा गरी भएको समारोहमा बिहानको शत्रमा बीबीए, एमबीए, बीएचएम र ईएमबीएका विद्यार्थी दिक्षित भए भने दिउँसोको शत्रमा बीएससी (अनर्स) कम्प्युटिङ, एमएससी आईटी एडभान्स कम्प्युटर साइन्स र ‘ए’ लेभलका विद्यार्थी दिक्षित भए ।

द कँडेल ग्रुपका अध्यक्ष उपेन्द्रराज शर्मा, ब्रिटिस कलेजका सिईओ तथा संस्थापक राजन कँडेल र सल्लाहकार माइकल रुटल्यान्डले समारोहकाे उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मन्तव्य दिएको थियो ।

ग्र्याजुएसन समारोहमा कलेजका सिईओ राजन कँडेलले ब्रिटिस कलेजको विश्वव्यापी प्रभावलाई साँच्चै उत्सवका रूपमा मनाउन पाएको बताउनु भयो । उहाँले भन्नुभयो, 'ग्लोबल लिडरहरु उत्पादन गर्ने हाम्रो प्रतिबद्धतामा हामी प्रमाणित भएका छौं ।'

समारोहमा नेपालका लागि बेलायती राजदूत रब फेन, उप–राजदूत लुक बिउमन्ट, कलेजका सल्लाहकार माइकल रुटल्यान्ड, लिड्स बेकेड युनिभर्सिटीका डेप्युटी भाइस चान्सलर प्रोफेसर फिल कार्ड्यू, किल युनिभर्सिटीका कम्प्युटर विभाग प्रमुख प्रोफेसर डा. ड्यानियल रेडेनबाक, प्रोफेसर फर्सग लियन, कम्प्युटर साइन्स र क्रियटिभ टेक्नोलोजी विभाग (यूडब्लूई)का डेप्युटी भाइस चान्सलर जो मिज्ली तथा सह–प्रमुख डा. मिक पाल्मरले आफ्ना भनाइ राख्दै ग्र्याजुएटहरुलाई अल्मुनाई कम्युनिटीमा स्वागत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement