लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन ऐन संशोधन आवश्यक

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन ऐन संशोधन आवश्यक

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तराष्ट्रियस्तरमा फैलाउन ऐन संशोधन गर्नुपर्ने जनाएको छ ।

विश्वविद्यालयका समस्या समाधानका सम्बन्धमा बुधबार भएको अन्तरकृयामा समितिले सिपयुक्त र अब्बल जनशक्ति उत्पादन गरेर विश्वविद्यालयलाई छुट्टै पहिचान दिलाउन सुझाव दिएको छ । विद्यार्थीहरुको आकर्षणकालागि बौद्ध दर्शनसँगै आधुनिक प्रकृतिका शैक्षिक कार्यक्रमहरु पर्ने सुझाव समेत समितिले दिएको छ ।

यस्तै विश्वविद्यालयले विद्यार्थी संख्याका आधारमा बजेट व्यवस्थान नभई विशिष्टकृत विश्वविद्यालय अनुसार बजेट व्यवस्थापन गरिनुपर्ने लगायतका समस्या समाधान हुनुपर्ने धारणा राखेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement