मधेश प्रदेशमा पहिलोपटक सरकारीस्तरमा चिकित्साशास्त्रको पढाइ हुने

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशमा पहिलोपटक सरकारीस्तरमा चिकित्साशास्त्रको पढाइ हुने

जनकपुर । मधेश प्रदेशमा पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको सुरुवात हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शास्त्रमा स्नातक तह एमबीबीएस अध्यनका लागि ५० सिट निर्धारण गरेपछि पहिलोपटक सरकारीस्तरमा चिकित्साशास्त्रको पढाइ हुनेभएको हो ।

मधेश प्रदेश सरकारले नीति तथा कार्याक्रममा चिकित्साशास्त्र अध्यनका विषय समावेश गर्नुका साथै उच्च प्राथमिकताका साथ स्रोत सुनिश्चितता, थप पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाइरहेको छ । प्रतिष्ठानलाई प्राप्त ५० सिट मध्ये ७५ प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्यन गर्ने पाउनेछन् ।

प्रतिष्ठानमा एमबीबीएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधाममा स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने प्रदेश सरकारको अपेक्षा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement