चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका र उत्तर कुञ्जिका हेर्न पाइने

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका र उत्तर कुञ्जिका हेर्न पाइने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका र उत्तर कुञ्जिका हेर्न माग गरेमा उपलब्ध गराइने भएको छ ।

आयोगको आज बसेको कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको बैठकले एमबीबीएस बीडीएस लगायतका विषयको प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न माग गरेमा दिने निर्णय गरेको हो । आजको प्रतिनिधिसभामा पनि सांसदहरुले प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको गडबडीबारे आपत्ति जनाएका थिए ।

आयोगले भदौ १४ गते प्रकाशित एमबीबीएसको नतिजामा समान अंक ल्याउने उम्मेदवारको योग्यताक्रम अनुसार हुनुपर्नेमा प्राविधिक त्रुटीका कारण रोल नम्बरको आधारमा हुन गएकाले सच्चाएर प्रकाशित गरिसकेको आयोगका उपाध्यक्ष अञ्जनी झाले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement