शैक्षिक क्षेत्रमा माफियाको चलखेल छ, सरकार गम्भीर हुनुपर्छ : माधवकुमार नेपाल

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
शैक्षिक क्षेत्रमा माफियाको चलखेल छ, सरकार गम्भीर हुनुपर्छ : माधवकुमार नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

शनिवार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारलाई सो सुझाव दिनुभएको हो । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र संवद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । 

उहाँले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराउनु भयो । विद्यार्थी संगठनहरुले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरुको हित अनुकुल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताउनु भयो । 

उहाँले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरुले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

अध्यक्ष नेपालले सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement