काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको प्रारम्भ नै योगबाट भएको बताउनु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा 'ध्यान, योग र अध्यात्मको स्वजागरण' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वजहरुले हजारौं वर्षअघि योग शिक्षा सुरु गरेको र शिक्षाको प्रारम्भ नै योगबाट भएको बताउनु भएको हो ।
जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सांसदका लागि ‘स्वजागरण’ कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा ध्यान र योगका विशिष्ट विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावनाहरू जागरण गर्न सांसदहरूलाई सिकाइएको थियो ।