विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौं : मन्त्री भट्टराई

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौं : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताउनुभएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताउनु भयो । उहाँले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको बताउनु भयो । मन्त्री भट्टराईले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरुलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाउने पनि बताउनु भयो । उहाँले सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेका छन् । तिनलाई स्वदेशमा नै उनीहरुको मागअनुसार उच्च शिक्षाको व्यवस्था गर्न पनि हाम्रो ध्यान जानु आवश्यक छ । यसका लागि हामीले हाम्रा शैक्षिक कार्यक्रमहरुलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक छ ।’

मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागु गर्नुपर्ने पनि जानकारी दिनुभयो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement