हाम्रो शिक्षा प्रणालीलाई रिभ्यू गर्न जरुरी छ : शिक्षामन्त्री भट्टराई

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
हाम्रो शिक्षा प्रणालीलाई रिभ्यू गर्न जरुरी छ : शिक्षामन्त्री भट्टराई

‍काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा धेरै समस्या रहेको औंल्याउँदै समग्र शिक्षण तथा मूल्यांकन प्रणालीको पुनर्संरचना आवश्यक रहेको बताउनु भएको छ ।

संसदको शिक्षा समितिमा बोल्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गरि अघि बढ्ने जानकारी दिनुभयो। विद्यालय शिक्षा ऐन निर्माणलाई प्राथमिकता राखेर अघि बढ्ने उहाँको भनाइ छ ।

मन्त्री भट्टराईले २०७५ सालमा जारी भएको अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनका प्रावधान विद्यालय शिक्षा विधेयकसँग मिलाउनका लागि यथाशीघ्र खाका बनाएर अघि बढ्ने बताउनुभयो । मन्त्री भट्टराईले एसईईलाई व्यवस्थित गरी अघि बढ्ने समेत जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.