एसईईको प्रदेशगत नतिजामा बागमती प्रदेश अगाडि

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसईईको प्रदेशगत नतिजामा बागमती प्रदेश अगाडि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार प्रकाशन गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रदेशगत नतिजामा बागमती प्रदेश अगाडि छ ।

बागमती प्रदेशबाट एसईईमा सबैभन्दा बढी ९९ हजार ८७२ जना सहभागी भएकामा ६६ हजार २९ जना ग्रेडिङ अर्थात उत्तीर्ण भएका छन् भने ३३ हजार ८४३ जनाले ननग्रेड पाएका छन् ।

बागमती प्रदेशमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी १५ हजार ७६६ छन् । यो प्रदेशगत रूपमा सबैभन्दा धेरै हो । उता कर्णालीमा भने ४४१ जनाले मात्रै ३.६ माथिको ग्रेड ल्याएका छन् कर्णाली प्रदेशबाट एसईईमा ३५ हजार ३४ जना सहभागी थिए । तीमध्ये २० हजार ३८० जना ननग्रेडमा परेका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी भएकामा ४९ हजार २२४ जना ननग्रेड मा परेका छन् । मधेश प्रदेशमा ७९ हजार ५ सय ९२ जना सहभागी भएकामा ४२ हजार २८६ जनाले ननग्रेड पाएका छन् ।

कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएकामा ३९ हजार ८९५ जना ११ कक्षा पढ्न अयोग्य भएका छन् । बोर्डका अनुसार गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी थिए । तीमध्ये २० हजार २७५ जनाले ननग्रेड पाएका छन् ।

सुदूरपश्चिम ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकामा ३६ हजार ४ सय १० कक्षा ११ पढ्न अयोग्य भएको बोर्डले जनाएको छ ।

यो पनि...

एसईईमा दुई विषय मात्रै लागेकाहरूको मौका परीक्षा साउन १८ र १९ गते हुने

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.