एसईईमा दुई विषय मात्रै लागेकाहरूको मौका परीक्षा साउन १८ र १९ गते हुने

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसईईमा दुई विषय मात्रै लागेकाहरूको मौका परीक्षा साउन १८ र १९ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपालिको माध्यमिक शिक्षा परीक्षा- एसईईमा ‘ननग्रेडिङ’ एनजी हुने विद्यार्थीको सङ्ख्या २ लाख ४२ हजार ३ सय १३ छ । तीमध्ये २ विषयमा ‘एनजी’ हुने विद्यार्थी सङ्ख्या १ लाख १५ हजार ८ सय ३४ छ । 

उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताउनुभयो । उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । गत चैतमा भएको एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका हुन् । 

सम्बन्धित समाचार...

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.