एसईई पूरक परीक्षा २३ साउनदेखि

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसईई पूरक परीक्षा २३ साउनदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले अनुत्तीर्ण सबै विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने भएपछि साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयले साउन १८ र १९ गते परीक्षा लिने सूचना जारी गरेको थियो । बिहीबार प्रकाशित नतिजाअनुसार एसईईमा दुई लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.