शिक्षा मन्त्रालयले ल्यायो विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिक्षा मन्त्रालयले ल्यायो विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । ‘करिअर काउन्सिलिङ’ वेबसाइटमार्फत विद्यार्थीको रुचि अनुसारको विभिन्न क्षेत्रको जानकारी दिने मन्त्रालय स्रोतले जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ ।

'शिक्षा मन्त्रालयको मुख्य लक्षित वर्ग विद्यार्थी हुन्,' शिक्षा मन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, 'विद्यार्थीलाई कक्षादेखि लक्ष्यसम्म पुग्ने बाटो देखाउनु हाम्रो दायित्व हो । हामीले 'करियरका कुरा' भनेर संवाद सुरु गर्‍यौं । ‘करियर काउन्सेलिङ’का लागि विशेष वेबसाइट पनि सार्वजनिक गरेका छौँ ।'

मन्त्रालयका अनुसार छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने बताइएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.