शिक्षा क्षेत्रमा हुने राजनीतीकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिक्षा क्षेत्रमा हुने राजनीतीकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीतीकरण हटाएरै छाड्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतीकरण हटाएरै छाड्ने बताउनुभएको हो । विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भ्रातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने उहाँको प्रतिबद्धता छ ।

मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताउनुभयो । एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताउँदै मन्त्री श्रेष्ठले एसईईको नतिजाप्रति शिक्षा मन्त्रालय मात्र नभई सिंगो समाज नै आक्रोशित हुनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.