एमबीबीएस छात्रवृत्ति सिफारिसमा भएको विवाद चाँडै समाधान गर्छौं : राजदूत चौधरी

जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमबीबीएस छात्रवृत्ति सिफारिसमा भएको विवाद चाँडै समाधान गर्छौं : राजदूत चौधरी

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल सरकारले पठाएको चिकित्सा शिक्षाको छात्रवृत्ति सिफारिसका विषयमा उत्पन समस्या चाँडो समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शिक्षा मन्त्रालयले आज विज्ञप्ति जारी गरी छात्रवृत्ति कोटामा हेरफेरका सम्बन्धमा गरिएको छलफलमा बंगलादेशका राजदूत चौधरीले उक्त प्रतिबद्धता व्यक्त गरेको जनाएको हो ।

बंगलादेशले शैक्षिक सत्र ०२३/२४ का लागि एमबीबीएस तथा बीडीएसको २२ सिटको छात्रवृत्ति कोटा उपलब्ध गराएकामा नेपाल सरकारले सिफारिस गरेका १० विद्यार्थीको नाम हेरफेर भएर आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले राजदूत चौधरीसँग छलफल गर्नुभएको हो ।

नाम हेरफेरको समस्याका विषयमा बंगलादेश सरकार जानकार रहेको भन्दै राजदूत चौधरीले समाधानका लागि सकारात्मक पहल गर्ने बताउनुभएको हो ।

शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीको हकहित र सुरक्षाका लागि आगामी दिनमा यस्तो घटना नदोहोर्याउने गरी काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । छलफलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता थियो ।

यो पनि...

एमबीबीएसको छात्रवृत्ति कोटामा चलखेल र भ्रष्टाचार, न्यायको खोजीमा पीडित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.