तस्बिरहरूमा कक्षा १२ को परीक्षा...

वैशाख १४, २०८१ |मुरारी घिमिरे
तस्बिरहरूमा कक्षा १२ को परीक्षा...

काठमाडौं । विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । देशभर १५ सय २६ परीक्षा केन्द्रमार्फत परीक्षा भएको जनाइएको छ । परीक्षामा ४ लाख ९१ हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभएको छ ।

बिहान ८ देखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार...

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा हुँदै


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।