सरकारसँग नेविसंघको माग- कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्याउनुपर्छ

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारसँग नेविसंघको माग- कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्याउनुपर्छ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामुदायिक शिक्षा सुधारका लागि देशको कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने माग गरेको छ । नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संविधानले प्रत्याभूत गरेको कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्नसमेत सरकारसमक्ष माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षालाई सीप र रोजगारसँग जोड्न माटो सुहाउँदो पाठ्यक्रम निमार्णमा समेत जोड दिन आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र सहयोगीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनसमेत सरकार समक्ष उहाँले माग गर्नुभयो ।

संघले एक पालिका एक आवासीय विद्यालय, प्रत्येक विद्यालयमा एक छात्रामैत्री कक्षसहित नर्सिङ कक्ष स्थापना, गर्नुपर्नेमा जोड दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement