विद्यालय भर्ना अभियान आजबाट सुरु, बालबालिकालाई भर्ना गरेर नियमित विद्यालय पठाउन प्रधानमन्त्री दाहालको अनुरोध

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्यालय भर्ना अभियान आजबाट सुरु, बालबालिकालाई भर्ना गरेर नियमित विद्यालय पठाउन प्रधानमन्त्री दाहालको अनुरोध

काठमाडौं । हरेक वर्ष हुने विद्यालय भर्ना अभियान शैक्षिक सत्र २०८१का लागि आजबाट सुरु भएको छ । यस वर्षको भर्ना अभियानको संकल्प 'सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता' भन्ने रहेको छ । भर्ना अभियानको सुरुवातसँगै सबै विद्यालयहरु भर्ना अभियानमा जुट्नेछन् ।

 विद्यार्थी भर्ना अभियान सुरु भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गरेर नियमित विद्यालय पठाउन सबैलाई अनुरोध गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले बालबालिकालाई नियमित विद्यालय पठाउन अनुरोध गरेका हुन् ।

सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा संघ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएको बताउँदै यी प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा गरेको बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement