त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

फाल्गुन ६, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।

समितिका अनुसार त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलालाई सिफारिस गरिएको हो ।

प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा सिफारिस समितिले बढी अंक प्राप्त गर्ने ३ जना बुढाथोकी, बराल र धमलाको नाम उपकुलपतिमा नियुक्तिका लागि प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेस गरेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.