नेल्टा सम्मेलनमा बहस : कसरी सुधार्ने सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षण सिकाई ?

फाल्गुन ५, २०८० |कान्तिपुर टीभी संवाददाता
नेल्टा सम्मेलनमा बहस : कसरी सुधार्ने सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षण सिकाई ?

ललितपुर । अङ्ग्रेजी विषयका शिक्षकहरूले सूचना प्रविधिको प्रयोग गरी बालमैत्री ढंगले पठनपाठन गर्न सके सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिने बताएका छन् ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ-नेल्टाले आज ललितपुरमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरूले अङ्ग्रेजी शिक्षण सिकाइ सुधार्न सूचना प्रविधिको प्रयोगमा जोड दिएका हुन् । शिक्षकहरूले प्राथमिकता दिन नसक्दा सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय कमजोर हुने गरेको उनीहरूको भनाइ छ । 

सामुदायिक विद्यालयमा अङ्ग्रेजी बोल्ने वातावरण र विद्यार्थीलाई सरल भाषामा बुझ्न सक्ने गरी पठनपाठन गर्न सके यो विषय पनि सजिलो बनाउन सक्ने विषय शिक्षकहरूको बुझाइ छ । 

'अङ्ग्रेजी भाषा शिक्षणमा पुनर्विचार, समता समावेशिता र नवप्रवर्तन' भन्ने नाराका साथ सुरु भएको अङ्ग्रेजी विषयका शिक्षकहरूको सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, कोरिया, जापान, भारत लगायत २० देशका ८ सय शिक्षक सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.